तृणमूलको तर्फबाट बाघडुग्रामा खोलियो रिलिफ सेन्टर

बाघडुग्रा : नक्सलबारी ब्लक तृणमूल युवा कङ्ग्रेसको सहयोगमा तथा राज्य तृणमूल युवा कङ्ग्रेसका महासचिव जेपी कानोडियरको नेतृत्वमा आज बाघडुग्राको बिहार मोडमा रिलिफ सेन्टर खोलिएको छ। आज सडकमा आउजाउ गर्ने साधारण मानिस, नानी तथा महिलाहरूलाई पिउने पानीको बोतल, टोपी तथा चकलेट वितरण गरियो। आगामी 5 जुलाईसम्म राज्यभरिमै तृणमूल युवा कङ्ग्रेसको पहलमा जिल्लाभरिमै प्रत्येक दिन रिलिफ सेन्टरबाट साधारण मानिसहरूलाई पिउने पानी प्रदान गरिने जिल्ला सभानेत्री पापिया घोषले बताइन्। उक्त रिलिफ सेन्टरमा जिल्ला तथा ब्लकका धेरैजना तृणमूल युवा कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *