तृणमूललाई फेरि झट्का : ब्यारेकपुरका तृणमूल विधायक शीलभद्र दत्तले दिए राजीनामा

कोलकाता : राज्यको सत्तारूढ दल तृणमूल कांग्रेसलाई फेरि अर्को ठुलो झट्का लागेको छ। पश्चिम बंगालको चौबीस परगाना जिल्ला अन्तर्गत पर्ने ब्यारेकपुरका तृणमूल कांग्रेस विधायक शीलभद्र दत्तले पनि पार्टी अनि आफ्नो पदबाट राजीनामा दिए। स्मरण रहोस्, यसभन्दा अघि तृणमूलका शीर्ष नेता तथा विधायक शुभेन्दु अधिकारी अनि तृणमूलको पश्चिम वर्धमान जिल्ला सभापति जितेन्द्र तिवारीले तृणमूल कांग्रेस पार्टी तथा आफ्नो पदबाट राजीनामा दिएका थिए।


यी तृणमूल कांग्रेसबाट राजीनामा दिने नेताहरूले सम्भवतः भोलि हुने भाजपाको विराट जनसभा अवधि अमित शाहको बाहुलीबाट भाजपाको झण्डा समात्ने सम्भावना रहेको छ। यसको साथै तृणमूल कांग्रेसका अन्य धेरैजना विधायक तथा शीर्ष नेताहरूले पनि तृणमूल त्यागेर भाजपामा सामेल हुने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *