तृणमूलले 24 घण्टाको अवधिमा निर्णय परिवर्तन नगरे निर्दलीय प्रार्थीको रूपमा खडा हुने निखिल साहनीको पार्टीलाई चेताउनी

सिलगढी : 24 घण्टाको अवधिमा पार्टीले आफ्नो निर्णय परिवर्तन नगरेको खण्डमा निर्दलीय प्रार्थीको रूपमा खडा हुने 18 नम्बर वार्डका पूर्व काउन्सिलर निखिल साहनीले बताए। हिजो तृणमूल कङ्ग्रेसले प्रार्थीहरूको सूची जारी गरे तापनि उक्त तालिकामा तिनको नाम सामेल नरहेकोले पार्टीको उक्त निर्णयको निखिल साहनी लगायत वार्डका नागरिकहरूले विरोध जनाएका छन्। गत चुनाउमा दुईपल्ट सिलगढीको 18 नम्बर वार्डबाट तृणमूल प्रार्थीको रूपमा तिनले विपुल मतले चुनाउ जितेका थिए भने वार्डमा तिनी धेरै लोकप्रिय छन्। यसपल्ट पनि चुनाउमा तृणमूल प्रार्थीको रूपमा खडा भएर काउन्सिलर बन्ने तिनले सपना साँचेका थिए। तथापि, तृणमूल प्रार्थीहरूको जारी सूचीमा आफ्नो नाम उल्लेख नरहेको थाहा पाएपछि तिनी अचम्भित बने। पार्टीको उक्त निर्णयलाई निखिल साहनी लगायत तिनका समर्थकहरू तथा पार्टीका केही कार्यकर्ताहरूले विरोध जनाएका छन्। आज पार्टीका केही कार्यकर्ता, समर्थकहरूसित तिनले एउटा महत्वपूर्ण बैठक गरे। बैठक अवधि निखिल साहनीले पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई आफ्नो अडान स्पष्ट पार्दै आउँदो 24 घण्टाको अवधिमा यदि पार्टी आफ्नो निर्णयमा अडिग रहे आफ्नो समर्थकहरूको सुझाउ अनुसार नगरनिगम चुनाउ लड्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.