तृणमूल-ले भोलि सिलगढीमा पदयात्रा निकाल्ने

सिलगढी : पञ्चायत चुनाउलाई ध्यानमा राखेर सत्तारूढ़ पार्टी तृणमूल कङ्ग्रेस  अघि बढिरहेको छ। विविध मागलाई लिएर भोलि सोमबार तृणमूल-ले सिलगढीमा पदयात्राको आयोजना गर्ने भएको छ। यसबारे तृणमूल दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोषले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरिन्। तिनले बताएअनुसार उक्त पदयात्रामा अलिपुरद्वार, कुचबिहार, जलपाईगढी, दार्जिलिङ जिल्ला लगायत उत्तर दिनाजपुरको चोपड़ा र इस्लामपुरका कार्यकर्ताहरूले अंश ग्रहण गर्नेछन्। यस सम्बन्धमा जिल्ला सभानेत्री पपिया घोषले भनिन्, पेट्रोलियम उत्पादकहरूको मूल्य वृद्धि, बङ्गाललाई विभाजन गर्ने भाजपाको षड्यन्त्रविरुद्ध लगायत विविध मागलाई लिएर उक्त पदयात्राको आयोजना गरिने भएको छ। उक्त पदयात्रामा लगभग 30 हजार समर्थकहरू हुनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *