तृणमूल नेता देवाङ्शु भट्टाचार्य सिलगढी भ्रमणमा

सिलगढी : तृणमूल कांग्रेसका देवाङ्शु भट्टाचार्य सिलगढी आइपुगेका छन्। आज सिलगढीको विभिन्न कलेजमा तिनको कार्यसूची रहेको साथै साँझको समय सूर्यसेन कलेजमा एउटा कार्यक्रममा तिनले अंश ग्रहण गर्ने बताइएको छ। आज तिनले सिलगढी कलेजमा पुगेर तृणमूल छात्र परिषद्का सदस्यहरूसँग भेट गरे। यसपछि पत्रकारहरूसँग कुराकानी गर्दै तिनले विद्यार्थीहरूको निमन्त्रणा पाएर नै आफू विभिन्न कलेजमा आएको साथै विभिन्न कलेजमा गएर सबैसँग कुराकानी गर्ने बताए। यसको साथै नगरनिगम चुनाउ नजिकै आएकोले यसपल्टको चुनाउमा पनि तृणमूलको विजय निश्चित रहेको तिनले दावी गरे। आवश्यक परेको खण्डमा चुनाउ प्रचारको निम्ति आफू सिलगढी आउनसक्ने तिनले सङ्केत दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *