तृणमूल नेता गौतम गोस्वामीद्वारा बिमारी व्यक्तिलाई ट्राई साइकल प्रदान

सिलगढी : डाबग्राम 2 नम्बर अञ्चलको शान्तिपाडा निवासी सञ्जीव कर्मकार पेशाले टोटो चालक गत दुई महिना अघि बिरामी भएपछि हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन्। यसबारे थाहा पाएपछि डाबग्राम-फुलबारी तृणमूल युवा कांग्रेसका महासचिव गौतम गोस्वामी तिनको घरमा पुगेर कुराकानी गर्नको साथै एउटा ट्राई साइकल प्रदान गरे।


यसको साथै तिनले फकदईबारी निवासी 10 वर्षीय सुरजित सरकारलाई पनि एउटा ट्राई साइकल प्रदान गरे। आउँदो दिनमा पनि तिनीहरूलाई पार्टीद्वारा सहयोग गरिने गौतम गोस्वामीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *