तृणमूल नेता जयदीप नन्दी भाजपामा सामेल

सिलगढी : तृणमूल कांग्रेस नेता जयदीप नन्दीले आफ्नो पार्टी त्यागेर आज भाजपामा सामेल भएका छन्। भाजपा पार्टी कार्यालय जयमुनि भवनमा एउटा कार्यक्रमबीच भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवालले जयदीप नन्दीलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। स्मरण रहोस्, 35 नम्बर वार्डका पूर्व पार्षद रहेका जयदीप नन्दी केही समय अघिदेखि नै पार्टीबाट टाढा रहेका थिए भने यसैबीच तिनले पार्टी परिवर्तन गर्ने बजारमा हो-हल्ला केही दिन अघिदेखि नै गर्मिएको थियो। यस अवसरमा भाजपा सिलगढी सांगाठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवालले बताएअनुसार जयदीप नन्दी तृणमूल पार्टीको गुटबाजी अनि भ्रष्टाचारले गर्दा वाक्कै-दिक्कै भएर नै अन्तमा भाजपामा भएका हुन्। भाजपाको झण्डा समाएपछि आज जयदीप नन्दीले तृणमूल पार्टीमा भ्रष्टाचार अनि गुटबाजी रहेको गम्भीर आरोप लगाए। तृणमूल कांग्रेस मानिसहरूलाई विभिन्न विकास तथा उन्नतिको वाचा गरेर सत्तामा आएको थियो तर सत्तामा आएपछि पार्टीले आफ्नो सबै वाचा भुलेको तिनले बताए। यस अवसरमा अन्य केही मानिसहरू पनि पार्टी त्यागेर भाजपामा सामेल भए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomgrandpashabet girişholiganbetbets10 günceljojobet girişonwin girişgrandpashabetjojobetgrand pasha betgrandpashabet