तृणमूल नेता कल्याण होरेको तृतीय पुण्यतिथि पालन

राजगञ्ज : राजगञ्ज ब्लकको तृणमूल कङ्ग्रेसका भेटरेन नेता कल्याण होरेको तृतीय पुण्यतिथि पालन गरियो। राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको देवी चौधुरानी सभाकक्षमा दलीय कार्यकर्ताहरूको उपस्थितिमा आज तृणमूल नेता कल्याण होरेको यादमा स्मरण सभाको आयोजना गरियो। यस अवसरमा राजगञ्ज ब्लकका तृणमूल कङ्ग्रेसका ब्लक सभापति विधान राय, राजगञ्ज पञ्चायत समितिका सभापति पुर्णिमा राय, शिकारपुर ग्राम पञ्चायत प्रधान रञ्जिता राय लगायत अन्य कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, कल्याण दा हाम्रा अभिभावक थिए। हामीले एक साथ मिलेर राजगञ्जमा राजनीति गरेको साथै तिनी शिकारपुर ग्राम पञ्चायत प्रधान पनि थिए। आज तिनको स्मरण गर्दै तृतीय पुण्यतिथि पालन गरिएको खगेश्वर रायले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *