तृणमूल नेता प्रदीप प्रधानद्वारा जीटीए चेयरम्यानबारे दिएको वक्तव्यको स्पष्टीकरण

खरसाङ : जीटीए चेयरम्यान अनित थापाबारे हालै मिरकमा सम्पन्न पत्रकार सम्मेलनमा आफूले दिएको वक्तव्यको हिल तृणमूल नेता प्रदीप प्रधानले आज स्पष्टीकरण दिएका छन्। तिनले बताएअनुसार आफूले जीटीए चेयरम्यान थापालाई कुनै प्रकारको हेलाहोचो तथा नराम्रो शब्दको प्रयोग नगरेको तर कोभिड 19-को संक्रमणलाई रोक्न हाल तिनले कठोर परिश्रम गरिरहेका छन्। मिरिकको पत्रकार सम्मेलनमा वास्तवमा आफूले दार्जिलिङ लोकसभा सांसद राजु विष्टले पश्चिम बंगालका मुख्यमन्त्रीले कोभिड 19-को रोकथाम गर्नको लागि कुनै प्रकारको पदक्षेप नलिएकोबारे लगाएको आरोपको खण्डन गर्दै मुख्यमन्त्रीले कोरोना संक्रमणको रोकथामलाई लिएर शुरूदेखि नै विभिन्न पहलहरू शुरू गरेको दावी गरे। यसको साथै पहाडमा कोरोना संक्रमण रोक्न हाल जीटीए चेयरम्यानले दिनरात अति व्यस्त भएर खटिरहेको भन्न चाहेको तर उक्त कुराको केही मानिसहरूले उल्टो अर्थ लगाएको तिनले बताए।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *