तृणमूल नेता सलेमान मोहम्मदको हत्याको आरोपमा इस्लामपुरबाट एकजना पक्राउ

राजगञ्ज: राजगञ्ज पुलिसले तृणमूल नेता सलेमान मोहम्मदको हत्याको मामिलामा दानेश मोहम्मद नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार तिनलाई आज इस्लामपुरबाट पक्राउ गरेपछि भोली शुक्रवार अदालतमा पेश गरेर पुलिस हिरासतमा लिइने भएको छ। स्मरण रहोस, गत आइतबार साँझ राजगञ्जको भुटकी इलाकामा तृणमूल नेता सलेमान मोहम्मदलाई दुईजना अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको थियो। त्यसपछि घटनाको जाँचमा जुटेको पुलिसले आज दानेश मोहम्मदलाई इस्लामपुरबाट पक्राउ गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *