तृणमूल नेत्री ममता ब्यानर्जी आज सिलगढ़ी आउने

सिलगढी : राज्यकी मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जी आज सिलगढी भ्रमणमा आउने भएकी छन्। तिनको आगमनलाई लिएर दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ। आगामी 3 जनवरी अर्थात् भोलि एनआरसी र सीएए-को विरोधमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको तर्फबाट सिलगढ़ीमा निकालिइने महाजुलूसमा अंश ग्रहण गर्नको लागि आज मुख्यमन्त्री ममता ब्यानर्जी सिलगढी आउने भएकी छन्। उक्त महाजुलूस सिलगढीको मल्लागढीबाट शुरू गरेर हिलकार्ट रोड, प्रधाननगर थाना मोड, सिलगढी जङ्क्शन मोड़, महानन्दा ब्रीज, एयरभ्यु मोड़, सेभोक मोड़, हाशमी चौक, अस्पताल मोड़, कचहरी रोड, कोर्ट मोड़ र सिलगढी नगरनिगम हुँदै बाघाजतीन पार्कमा पुगेर समापन गरिने भएको छ। यस महाजुलूसभन्दा शुरू हुनअघि मल्लागढीमा मुख्यमन्त्रीले उपस्थित मानिसहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी सूत्रमार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *