तृणमूल पार्षद पिङ्की साहाले गरिन् बहिष्कृत नेताविरुद्ध थानामा अभियोग दर्ता

सिलगढी : सिलगढी नगरनिगमको 39 नम्बर वार्डको तृणमूल पार्षद पिङ्की साहाले आफ्नै पार्टीबाट बहिष्कृत गरिएको नेताविरुद्ध धम्की एवम् अभद्र व्यवहार गरेको आरोप लगाउँदै आज भक्ति नगर थानामा एउटा प्राथमिकी दर्ता गरेकी छन्। तिनको आरोप अनुसार पार्टीका बहिष्कृत नेता स्वपन दास आफ्ना समर्थकहरूको साथमा सिलगढीको 39 नम्बर वार्डका तृणमूल पार्षद पिङ्की साहाको घरमा गएर तिनी लगायत तिनका लोग्ने विवेकानन्द साहासित पनि अभद्र व्यवहार गरे।


यसको साथै स्वपन दास एवम् तिनका समर्थकहरूले धारिलो हतियार लिएर आएका थिए। उक्त घटनाको विरोध गर्दै आज वार्ड पार्षद पिङ्की साहाले भक्ति नगर थानामा विरोध प्रदर्शन गर्नको साथै स्वपन दास, दिनेश सरकार र रङ्का मजुमदारविरुद्ध लिखित अभियोग दर्ता गरेकी छन्। नगरनिगम चुनाउभन्दा अगावै स्वपन दासलाई पार्टीबाट बहिष्कृत गरिएको थियो भने तिनले निर्दलीय प्रार्थीको रूपमा चुनाउमा खडा भएपछि पराजयको सामना गरेकोले गर्दा नै यस प्रकारको कार्य गरेको पिङ्की साहाले बताइन्। वार्डमा शान्ति श्रृङ्खला बनाइ राख्न एवम् वार्डको सुरक्षा व्यवस्थालाई बलियो गर्ने उद्देश्य लिएर तिनले घटनाबारे भक्ति नगर थानामा शिकायत दर्ता गरेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *