तृणमूल प्राथमिक शिक्षक संगठनद्वारा सिलगढी नगर निगमलाई सेनिटाइजर मसिन प्रदान

सिलगढी: पश्चिम बंग तृणमूल प्राथमिक शिक्षक संगठनले संक्रमणको खतरालाई ध्यानमा राखेर सिलगढी नगर निगमलाई आज सेनिटाइजर मसिन प्रदान गऱ्यो। सिलगढीको नगर निगम क्षेत्रमा प्रत्येक दिन देशका विभिन्न ठाउँबाट धेरै संख्यामा मानिसहरू आउने गरेकोले गर्दा संक्रमणको खतरालाई ध्यानमा राखेर उक्त मसिन प्रदान गरेको बताइएको छ। सिलगढी नगर निगम प्रशासक गौतम देवको हातमा आज प्राथमिक शिक्षक संगठनका प्रतिनिधि टोलीले उक्त सेनिटाइज मसिन सुम्पियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *