तृणमूल प्रार्थी बासुदेव घोषद्वारा सिलगढीको 12 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी:  आगामी 22 जनवरीमा नगरनिगम चुनाउ रहेकोले सबै राजनैतिक पार्टीहरूले आ-आफ्नो प्रार्थीको समर्थनमा चुनाउ प्रचार शुरू गरेको छ। यसै क्रममा आज सिलगढीको 12 नम्बर वार्डका तृणमूल कङ्ग्रेस प्रार्थी बासुदेव घोषले राज्य चुनाउ कमिशनद्वारा जारी कोरोनाको सबै नियमहरू पालन गर्दै कम्ती सङ्ख्यामा कर्मी तथा समर्थकहरूको साथमा उक्त वार्डको घर-घरमा गएर चुनाउ प्रचार गरे। यस अवसरमा तिनले भने, राज्य चुनाउ कमिशनको निर्देशिका अनुसार आज आफूले वार्डको घर-घरमा पुगेर चुनाउ प्रचार गरेको हो। चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेकोले नगरनिगम चुनाउमा विपुल मतले जीत हासिल गर्ने कुरामा आफू आशावादी रहेको तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *