तृणमूल प्रार्थी बासुदेव घोषको समर्थनमा राज चक्रवर्ती र पापिया घोषले गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउ अब 2 दिन मात्र रहेकोले सबै राजनैतिक पार्टीका प्रार्थीहरूले जोडतोडले चुनाउ प्रचार गरिरहेका छन्।  यसै क्रममा सिलगढी नगरनिगमको 12 नम्बर वार्डका तृणमूल कङ्ग्रेस प्रार्थी बासुदेव घोषको समर्थनमा विधायक राज चक्रवर्ती र दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोषले रङ्गारङ्ग शोभायात्राको साथमा चुनाउ प्रचार गरे। उक्त शोभायात्राले 12 नम्बर वार्डको विभिन्न इलाकाको परिक्रमा गर्यो। यस अवधि विधायक राज चक्रवर्ती र दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोषले तृणमूल प्रार्थी बासुदेव घोषको पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *