तृणमूल प्रार्थी छोटन किस्कूले गरे बुढ़ागञ्जको विभिन्न इलाकामा चुनाउ प्रचार

खोरीबारी : फाँसीदेवा विधानसभा क्षेत्रका तृणमूलका प्रार्थी छोटन किस्कूले आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा बुढ़ागञ्ज ग्राम पञ्चायत अन्तर्गत जोरपोखरी, बादलभिट्टामा पदयात्राको माध्यमद्वारा चुनाउ प्रचार गरे। यस अवधि तिनी उक्त क्षेत्रको घर-घरमा गएर चुनाउ प्रचार गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी पनि गरे। तिनले तृणमूल सरकारको दस वर्षको रिपोर्ट कार्डको माध्यमद्वारा सरकारद्वारा गरिएको विविध विकासमूलक कार्यहरूबारे मानिसहरूलाई अवगत गराउँदै आफ्नो पक्षमा मतदान गर्ने सबैसित अपील गरे। चुनाउ प्रचार अवधि इलाकाका मानिसहरूबाट राम्रो प्रतिक्रिया पाएको तिनले बताए। यस अवसरमा तृणमूल अञ्चल धनञ्जय सिंह, प्रदीप मिश्रा, रोमा रेशमी इक्का लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *