तृणमूल प्रार्थी धुर्व बम्जनको मिरिकमा चुनाउ कार्यालय उद्घाटन

मिरिक: सियोक गोपालधारा ओकाइटी समष्टिका तृणमूल कङ्ग्रेस प्रार्थी धुर्व बम्जनको चुनाउ कार्यालय आज मिरिक नगरपालिका वार्ड नम्बर 1 नीज गाँउमा गरियो। प्रार्थी धुर्व बम्जनले नरियल फुटाएपछि हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईले रिवन काटेर चुनाउ कार्यालयको विधिवत् उद्घाटन गरे। यस अवसरमा तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री,युवा महकुमा अध्यक्ष सोभन घिसिङ, नगर पार्षद संजीव लामा, भागोप्रमो मिरिक महकुमा अध्यक्ष समीर राई, सियोक गोपालधारा ओकाइटी समष्टि अध्यक्ष अमित याखा देवान, सचिव प्रवीण राई लगायत तृणमूल कङ्ग्रेस तथा भागोप्रमो-का समर्थकहरू उपस्थित थिए। अबउसो चुनाउ कार्यालयबाट नै सम्बन्धित सबै क्रियाकलाप गरिने हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राईले जानकारी बताए। यसको साथै पार्टीले एकजना स्वच्छ छवि भएको इमान्दार ब्याक्ति धुर्व बम्जनलाई चुनाउ मैदानमा उतारेकोले धेरैभन्दा धेरै भोटले तिनलाई जिताउन सबैसित तिनले अपिल गरे। तिनले धुर्व बम्जनले चुनाउ जितिसकेका छन भन्दै चुनाउमा प्रतिद्वन्द्वीता गर्नेहरू सबैले जीतको दावी गर्नु स्वभाविक हो तर तृणमूल कङ्ग्रेस प्रार्थी धुर्व बम्जनको समर्थनमा शहर, बजार, गाउँ, बस्ती अनि कुना-कप्चाबाट अघि आइरहेकोले तिनको जीत सय प्रतिशत रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *