तृणमूल प्रार्थी दिलीप बर्मनद्वारा चम्पासरीको निवेदिता मार्केटमा सेनिटाइज

सिलगढी : कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेकोले गर्दा सिलगढी नगरनिगम चुनाउको मिति दुई सप्ताह अघि बढाएको छ। चुनाउको मिति अघि बढेकोले गर्दा सबै राजनैतिक पार्टीहरूले जनताको मतदान जुटाउन लागिपरेका छन् भने सबै राजनैतिक पार्टीका प्रार्थीहरूले आ-आफ्नो वार्डहरूमा सेनिटाइज गरिरहेका छन्। यसै क्रममा सिलगढीको  46 नम्बर वार्डको तृणमूल कङ्ग्रेसका प्रार्थी दिलीप बर्मनले आज वार्डमा सेनिटाइजेसन गरिरहेको दृश्य देखियो।


तिनले आज चम्पासरीको निवेदिता मार्केटमा सेनिटाइज गरे। यस अवसरमा तिनले भने, हाल कोरोनाको संक्रमण बढ्दै गइरहेको छ। मानिसहरूको जीवन निक्कै महत्वपूर्ण छ, चुनाउ आउँछ जान्छ। चम्पासरीको निवेदिता मार्केटमा आइतबारको दिन निक्कै भीड हुने गरेकोले आज उक्त मार्केटमा सेनिटाइज गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *