तृणमूल प्रार्थी गोपाल लामाले नक्सलबारीमा गरे चुनाउ प्रचार 

नक्सलबारी (निसं): लोकसभा चुनाउको मिति घोषणा भएपछि दार्जिलिङ लोकसभा केन्द्रका तृणमूल कङ्ग्रेस उम्मेद्वार गोपाल लामाले जोडतोडले चुनाउ प्रचार गरिरहेका छन्। तिनले आज बिहान नक्सलबारीको पानीघट्टा मोडदेखि रकमजोत भएर नक्सलबारी पार्टी कार्यालयसम्म बाइक रैलीको माध्यमद्वारा चुनाउ प्रचार गरे। गोपाल लामा सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषको स्कुटीको पछिल्तिर बसेर इलाकामा चुनाउ प्रचार गरे। यसबाहेक तिनले रकमजोतमा आयोजित एउटा धार्मिक समारोहमा अंश ग्रहण गर्नको साथै सन्तोषी माताको मन्दिरमा गएर पुजा अर्चना पनि गरे। यस अवसरमा प्रार्थी गोपाल लामाले भने, चुनाउ प्रचार अवधि आज इलाकाका मानिसहरूसित कुराकानी गरे। स-साना सभा तथा घर-घरमा गएर चुनाउ प्रचार गर्नमा विशेष जोड दिइरहेको छु। विपक्षी उम्मेद्वारको नाम घोषणा भएको छैन तर पनि मैले चुनाउ प्रचार गरिरहेको छु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *