तृणमूल प्रार्थी गौतम देवद्वारा 33 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउको तृणमूल कङ्ग्रेसका प्रार्थी गौतम देवले आज 33 नम्बर वार्डमा चुनाउ प्रचार शुरू गरे। तिनी सिलगढी नगरनिगमको 33 नम्बर वार्डमा तृणमूल प्रार्थीको रूपमा चुनाउमा खडा भएका छन्। तिनले आज आफ्नो मनोनयन पत्र बुझाए। यस अघि आज बिहान तिनी 33 नम्बर वार्डमा प्रातः भ्रमणमा निस्केर चुनाउ प्रचार गरे। यस अवधि तिनले उक्त वार्डको घर-घर तथा दोकानहरूमा गएर स्थानीय मानिसहरूसित कुराकानी गरे। यसको साथै इलाकाको विकासको लागि स्थानीय मानिसहरूको साथमा रहने तिनले आवश्वासन पनि दिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *