तृणमूल प्रार्थी गौतम देवले खसाले मतदान

सिलगढी : डाबग्राम-फुलबारी विधानसभा क्षेत्रका तृणमूल उम्मेद्वार गौतम देवले आज सिलगढी नगरनिगमको 17 नम्बर वार्डको चुनाउ बुथमा आफ्नो मतदान खसाले। सिलगढी गर्ल्स हाई स्कुलमा रहेको मतदान केन्द्रमा तिनले मतदान गरेपछि विभिन्न बुथहरूको परिभ्रमण गरे। उक्त बुथहरूमा बिहानैदेखि उत्साहको साथमा मतदाताहरूले मतदान गर्नको लागि लाइनमा उभिएर आफ्नो पालो पर्खेको देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *