तृणमूल प्रार्थी गौतम देवले मनोनयन पत्र बुझाउन अघि गरे पुजा-अर्चना

सिलगढी : दुई वर्षको अवधिमा सिलगढीको 33 नम्बर वार्डलाई ग्रीन वार्ड तथा मोडल वार्डमा परिवर्तन गरिदिने तृणमूल प्रार्थी गौतम देवले आज मनोनयन पत्र बुझाउन अघि यस प्रकारको मन्तव्य पोखे। आज बिहान तिनले सिलगढीको 33 नम्बर वार्डको काली मन्दिरमा पुजा अर्चना गरेपछि सम्बन्धित कार्यालयमा गएर मनोनयन पत्र बुझाए। यस अवसरमा तिनले भने, हाल मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छु। गत विधानसभा चुनाउमा डाबग्राम-फुलबारी क्षेत्रबाट तृणमूल पार्टीको पक्षबाट तिनले चुनाउ लडे तापनि पराजयको सामना गर्न परेको थियो। तर यसभन्दा अघि उक्त इलाकाको तिनी विधायक रहँदा तिनले त्यस क्षेत्रमा विविध विकासमूलक कार्य गरेको बताए। यस वार्डबाट चुनाउ जितेपछि आगामी दिनमा कलेजपाडा झैँ यस वार्डलाई पनि मोडल वार्ड तथा ग्रीन वार्डको रूपमा परिणत गर्नेछु भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *