तृणमूल प्रार्थी गौतम घोषले देवाल लेखन मार्फत् गरे चुनाउ प्रचार

नक्सलबारी : नक्सलबारी ब्लकको मनिराम अञ्चलको उत्तर दयारामबाट तृणमूल प्रार्थी गौतम घोषले आज देवाल लेखन गरेर चुनाउ प्रचार शुरू गरेका छन्। उत्तर दयाराम इलाकामा आज तिनले स्वयम् देवाल लेखन कार्य शुरू गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, गत चुनाउमा बुथका प्रत्येक कार्यकर्ता तथा प्रार्थीहरूले देवाल लेखन गरेका थिए। यसपल्ट पनि प्रार्थीहरूले यस्तै प्रकारले देवाल लेखनको माध्यमद्वारा चुनाउ प्रचार गर्नेछ भने आज देवाल लेखन गरेर मैले यसको शुरूआत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *