तृणमूल प्रार्थीहरूको समर्थनमा राजगञ्जमा विधायक खगेश्वर रायद्वारा चुनाउ प्रचार

राजगञ्ज : तृणमूल कङ्ग्रेसका प्रार्थीहरूको समर्थनमा राजगञ्जका विधायक खगेश्वर रायले आज चुनाउ प्रचार गरे। तिनले आज राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको भेलकीपाडामा सयौँको संख्यामा तृणमूलका कार्यकर्ता तथा समर्थकहरूको साथमा रैलीको माध्यमद्वारा चुनाउ प्रचार गरे। विधायक रायले आज तृणमूल कङ्ग्रेसको जिल्ला परिषदको 13 नम्बर आसनबाट प्रार्थी रणबीर मजुमदार, बिन्नागढी पञ्चायत समितिका उम्मेद्वार सविता राय र भेल्कीपाडा बुथका पञ्चायत उम्मेद्वार अलोमती बर्मनको समर्थनमा चुनाउ प्रचार गरे। यस सम्बन्धमा खगेश्वर रायले भने, तृणमूल प्रार्थीहरूको समर्थनमा आज चुनाउ प्रचार गरे। यस अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेका छौँ। बङ्गालमा लक्ष्मी भण्डार, कन्याश्री, रूपाश्री सहित विभिन्न परियोजनाहरूको विकास हेरेर मानिसहरूले राम्रो प्रतिक्रिया दिएको छ। आगामी पञ्चायत चुनाउमा बिन्नागढी क्षेत्रमा तृणमूलले जीत हासिल गर्ने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş