तृणमूल प्रार्थी जोसेफ मुण्डाले लुकसान नेपाली समाज र विद्यालयका प्रतिनिधिहरूसित गरे बैठक

नगरकट्टा: ‌नगरकट्टा विधानसभा क्षेत्रका तृणमूल प्रार्थी जोसेफ मुण्डाले लुकसान नेपाली समाज अनि विद्यालय सञ्चालन समितिका प्रतिनिधिहरूसित बैठक गरे। उक्त बैठकमा जोसेफ मुण्डा लगायत पश्चिम बंगाल तराई सिलगढी डुवर्स डेभलपमेन्ट बोर्डका भाइस चेयरम्यान सन्दीप छेत्री पनि उपस्थित थिए। विद्यालय सञ्चालन समिति तथा नेपाली समाजको तर्फबाट तृणमूल प्रार्थी जोसेफ मुण्डा र सन्दीप छेत्रीलाई खदा लगाइ दिएर स्वागत जनाइयो। बैठक अवधि लुकसान नेपाली विद्यालय सञ्चालन समितिको तर्फबाट विभिन्न प्रकारका समस्या तथा असुविधाहरूबारे अवगत गराइयो। यी समस्याहरू सुनेपछि जोसेफ मुण्डाले विधानसभा चुनाउमा जीत हासिल गरेपछि सबै समस्याहरूको समाधान गरिदिने आश्वासन दिए। विधानसभा चुनाउमा जीत हासिल गर्नको लागि सबै लुकसानवासीहरूलाई मतदान गरिदिने जोसेफ मुण्डाले अपिल गरे। बैठकमा नन्दलाल सुब्बा स्मृति नेपाली विद्यालय सञ्चालन समितिका सचिव जेठा सुब्बा, पञ्चायत सदस्य तथा क्षेत्रिय तृणमूल नेता काजी पाण्डे, लुकसान अञ्चल सभापति इमरोज आजमी, लुकसान ग्राम पञ्चायत सदस्य कुमार तामाङ, विद्यालयका प्रधान अध्यापक बासु छेत्री, अर्जुन अधिकारी, लाल बहादुर शास्त्री स्मारक बङ्ग्ला हिन्दी हाई स्कूलका अवकाश प्राप्त शिक्षक जनार्दन थापा, शिक्षक रविन खवास, बाबूलाल सुब्बा, नारायण छेत्री, टीकाराम शर्मा तथा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *