तृणमूल प्रार्थी मिताली रायले गरिन् धुपगढी सुपर मार्केटमा चुनाउ प्रचार

धुपगढी : धुपगढी विधानसभा आसनका तृणमूल प्रार्थी मिताली रायले आज धुपगढी सुपर मार्केटमा चुनाउ प्रचार गरिन्। धुपगढी सुपर मार्केटमा आज शनिबारको दिन हाट लाग्ने भएकोले क्रेता तथा विक्रेताहरूको निक्कै भिड थियो। मिताली रायले मार्केटमा सबैसित कुराकानी गर्नको साथै कृषकहरूको विविध समस्याहरू सुनेपछि समाधान गरिदिने आश्वासन दिइन्। यस अवधि तिनले राज्यमा तृणमूल सरकारले गत 10 वर्षदेखि विविध विकासमूलक कार्यहरू, विभिन्न परियोजनाहरू शुरू गरेकोले यसबाट साधारण मानिसहरू लाभान्वित बनेको बताइन्। चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया प्राप्त भएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *