तृणमूल प्रार्थी एनबी खवासद्वारा चुनाउ प्रचार

सोनादा : रंगबुल धोतरिया रंगमुक मुण्डा समष्टिबाट हिल तृणमूल कङ्ग्रेस प्रार्थी एनबी खवासले यहाँको विभिन्न क्षेत्रहरूमा पैदल भ्रमण गरेर जनताहरूसित भेट गरी तिनीहरूको विविध समस्याहरू बुझ्दै चुनाउ प्रचार गरे। तिनले गत 7 जूनदेखि नै यस समष्टिको विभिन्न स्थानहरूमा पुगेर लगातार चुनाउ प्रचार गरिरहेका छन्। यसैगरी, आज पनि प्रार्थी एनबी खवासले रंगबुल क्षेत्रको विभिन्न ठाउँहरूमा हिँडेर नै मानिसहरूको घर-घरमा पुगेर चुनाउ प्रचार गरे। यस अवधि विभिन्न ठाउँहरूमा तिनलाई पार्टीका समर्थकहरूले खदा माला लगाई दिएर स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *