तृणमूल प्रार्थी निर्मल चन्द्र रायको समर्थनमा राजगञ्जमा देवाल लेखन शुरू

राजगञ्ज : जलपाईगढीका तृणमूल कङ्ग्रेस प्रार्थी निर्मल चन्द्र रायको समर्थनमा राजगञ्जमा देवाल लेखन शुरू गरियो। राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेसको पहलमा आज राजगञ्जको बाबुपाडामा देवाल लेखन गरियो। यस अवसरमा राजगञ्ज ब्लक तृणमूल अध्यक्ष अरिन्दम ब्यानर्जी, राजगञ्ज ब्लक महिला तृणमूलका सह सभानेत्री सर्वनी धारा, अहिदार रहमान, श्रमिक संगठनका नेता सोलेमान मोहम्मद लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए। तृणमूल कङ्ग्रेस ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जीले भने, ब्रिगेड जनगर्जन सभामा जलपाईगढी लोकसभा आसनको लागि तृणमूल प्रार्थीको रूपमा निर्मल चन्द्र रायको नाम घोषणा गरेको थियो। तिनको समर्थनमा आज राजगञ्जमा देवाल लेखन गरेर चुनाउ प्रचार शुरू गरेको हो। आगामी चुनाउमा तृणमूल प्रार्थी निर्मल चन्द्र रायले विपुल मतले जीत हासिल गर्ने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *