तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले गरे 14 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले आज नगरनिगमको 14 नम्बर वार्डमा चुनाउ प्रचार प्रसार गरे। आज पार्टीका नेता तथा कार्यकर्ताहरूलाई साथमा लिएर तिनले सिलगढी नगरनिगमको 14 नम्बर वार्डस्थित आश्रमपाडा इलाकाको घर-घर घुमेर चुनाउ प्रचार गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी पनि गरे। यसको साथै आफ्नो समर्थनमा मतदान गरेर विपुल मतले विजयी बनाउने तिनले सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *