तृणमूल प्रार्थी ओम प्रकाश मिश्राले गरे सिलगढीको 3 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओम प्रकाश मिश्राले आज नगरनिगमको 3 नम्बर वार्डमा चुनाउ प्रचार गरे। तिनी आज बिहान पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा सिलगढी नगरनिगमको 3 नम्बर वार्डमा चुनाउ प्रचार गर्दै स्थानीय मानिसहरूसित कुराकानी गरे। यसको साथै ओम प्रकाश मिश्रा आफैले ढोल बजाउँदै उक्त वार्डमा घुमेर चुनाउ प्रचार गरे। स्मरण रहोस्, तृणमूल प्रार्थी ओम प्रकाश मिश्राले प्रत्येकपल्ट भिन्ना-भिन्नै प्रकारले  चुनाउ प्रचार गरिरहेका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *