तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले शोभायात्राको माध्यमद्वारा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्रले आज सिलगढी नगरनिगमको 22 नम्बर वार्डले रङ्गारङ शोभायात्राको माध्यमद्वारा चुनाउ प्रचार गरे। तिनले आज बाजागाजाको साथमा पार्टीका कार्यकर्ताहरूलाई लिएर रथखोला मैदानबाट रङ्गारङ शोभायात्राको माध्यमद्वारा चुनाउ प्रचार शुरू गरे।


प्रार्थी ओम प्रकाश मिश्रा लगायत पार्टीका कार्यकर्ता तथा समर्थकहरूले बङ्ग्लाय दरकार ममता सरकार अर्थात् बङ्गालमा दरकार ममता सरकारको नारा लगाउँदै चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि प्रार्थी मिश्राले सडकमा यातायात गर्ने मानिसहरूसित कुराकानी गर्दै आफ्नो पक्षमा मतदान गर्ने अपील पनि गरे। उक्त शोभायात्रामा धेरै संख्यामा तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *