तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले गरे सिलगढीको 9 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : विधानसभा चुनाउ जतिजति नजिक आउँदैछ त्यतिनै विभिन्न राजनैतिक दलले आफ्ना प्रार्थीहरूको समर्थनमा चुनाउ प्रचार जोड़तोड़ले गरिरहेको छ। यसै क्रममा सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओमप्रकाश मिश्राले आज सिलगढी नगरनिगमको 9 नम्बर वार्डमा एउटा र्‍यालीको माध्यमद्वारा चुनाउ प्रचार प्रसार गरे। यस अवसरमा पूर्व को-अर्डिनेटर तथा तृणमूल नेता रञ्जन सरकार पनि उपस्थित थिए।


उक्त चुनावी र्‍यालीमा धेरै संख्यामा पार्टीका कार्यकर्ता तथा समर्थकहरू टोटो, बाइकमा सवार भएर तथा केही पैदल यात्रा गरेर सामेल भएका थिए। ओमप्रकाश मिश्रा वाहनमा सवार भएर 9 नम्बर वार्डको विभिन्न इलाकाहरूमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया प्राप्त भएको बताउँदै आउँदो विधानसभा चुनाउमा तृणमूलको विजय हुने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *