तृणमूल प्रार्थी परिमल मित्रद्वारा सिलगढीको 4 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउलाई केन्द्र गरेर सबै राजनैतिक पार्टीहरूले आ-आफ्नो प्रार्थीको प्रचार जोडतोडले गरिरहेको छ। यसै क्रममा आज सिलगढीको 4 नम्बर वार्डका तृणमूल प्रार्थी परिमल मित्रले उक्त वार्डको घर-घरमा गएर चुनाउ प्रचार गर्दै आफ्नो पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरे। यस अवधि पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, सीपीएमका युवा प्रार्थी सौरभ सरकार बाहिरका व्यक्ति भएकोले मानिसहरूले तिनलाई समर्थन गर्ने छैन। अर्कोतिर, तिनले भाजपा प्रार्थीलाई कुनै महत्व दिन चाहेनन्। सिलगढी नगरनिगम चुनाउमा आफ्नो जीत निश्चित गरेको तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *