तृणमूल प्रार्थी राजेन सुन्दासले नक्सलबारी मणिराम ग्राम पञ्चायत क्षेत्रमा गरे चुनाउ प्रचार

नक्सलबारी: मतिगढा नक्सलबारी विधानसभा क्षेत्रका तृणमूल कङ्ग्रेस पार्टीका प्रार्थी राजेन सुन्दासले नक्सलबारी ब्लकको मणिराम ग्राम पञ्चायतको विभिन्न इलाकामा घुमेर आज कार्यकर्ताहरूसित चुनाउ प्रचार गरे। यस अवसरमा कार्यकर्ताहरूले तृणमूल प्रार्थीको पक्षमा मतदान दिने अपील गरे। चुनाव प्रचार अवधि तृणमूल प्रार्थी राजेन सुनदासको साथमा टीएमसी जिल्ला उपाध्यक्ष अमर सिन्हा, ब्लक अध्यक्ष पृथविस राय, मणिराम अञ्चल अध्यक्ष भानु बर्मन, गौतम घोष सहित अन्य कार्यकर्ताहरू उपस्थित थिए। टीएमसी जिल्ला उपाध्यक्ष अमर सिन्हाले बताए अनुसार आज मणिराम पञ्चायतको ढकनाजोतबाट चुनाउ प्रचार शुरू गरेर सम्पूर्ण पञ्चायत क्षेत्रमा भ्रमण गरेर तृणमूल प्रार्थी राजेन सुनदासको पक्षमा मतदान दिने जनतालाई आह्वान गरियो। ममता ब्यानर्जीले राज्यभरिमा गरेको विकास कार्यहरूलाई ध्यानमा राखेर तृणमूल प्रार्थीले अधिक मतले चुनाउ जित्ने तिनले दावी गरे। यसपछि नक्सलबारी क्षेत्रमा पनि तृणमूल प्रार्थीको पक्षमा आज चुनाउ प्रचार गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *