तृणमूल प्रार्थी राजेन सुन्दासले गरे तराईको विभिन्न क्षेत्रहरूमा चुनाउ प्रचार

पानीघट्टा : मतिगढा-नक्सलबारी विधानसभा क्षेत्रका तृणमूल कङ्ग्रेस प्रार्थी राजेन सुन्दासले आज त्रिहाना, कुइने, बेलगाछी, निरपानियाँ क्षेत्रमा चुनाउ प्रचार गरे। यस अवसरमा हिल तृणमूल कङ्ग्रेसका पूर्व अध्यक्ष राजेन मुखिया लगायत पार्टीका कार्यकर्ताहरूलाई साथमा लिएर राजेन सुन्दासले विभिन्न क्षेत्रहरूमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनलाई तराईको तृणमूल कङ्ग्रेसका समर्थक साथै बिमल खेमा सुकना पानीघट्टा समष्टिले निरपानियाँ र बेलगाछीमा स्वागत जनाइयो। प्रार्थी राजेन सुन्दासले विधानसभा चुनाउमा विजय भएको खण्डमा गाउँ-गाउँ, बस्ती-बस्तीको मूलभूत समस्याहरूको समाधान गरिदिने साथै बगानको समस्या समाधान गरिदिने वाचा गरे। यसको साथै तिनले आउँदो विधानसभा चुनाउमा आफ्नो समर्थनमा मतदान गर्ने सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *