तृणमूल प्रार्थी रञ्जनशील शर्माको पोस्टरमा पानको थुक, दुधले धोएर गरियो शुद्धिकरण

सिलगढी : सिलगढी नगरनिगमको 36 नम्बर वार्डका तृणमूल प्रार्थी तथा चर्चित थुक काण्डका नायक रञ्जन शील शर्माको पोस्टरमा पानको थुक फ्याँकिदिएपछि त्यसलाई दुधले धोएर शुद्धिकरण गरियो। तृणमूलका पूर्व काउन्सिलर रञ्जन शील शर्माले एकजना सरकारी अधिकारीको मुखैमा पानको थुक फ्याँकेको खबरले निक्कै चर्चा बटुलेको थियो। तर यसपल्ट भने चुनाउ प्रचारको निम्ति टाँसिएको तिनकै पोस्टरमा अज्ञात व्यक्तिहरूले पानको थुक फ्याँकेको देखापर्यो। यसको साथै 36 नम्बर वार्डका सीपीएम प्रार्थी वरूण तालुकदारको पोस्टरमा पनि पानको थुक फ्याँकिएको थियो।


सिलगढी नगरनिगम चुनाउमा 36 नम्बर वार्डबाट तृणमूल प्रार्थीको रूपमा रञ्जन शील शर्माले यसपल्ट चुनाउ लड्ने भएका छन्। उक्त वार्डभरिमै तिनको पोस्टर तथा ब्यानरहरू लगाइएको छ भने ती पोस्टरमा पानको थुक फ्याँकिएको देखापर्यो। उक्त घटनापछि आज बिहान दुधले धोएर तिनको पोस्टरको शुद्धिकरण गरियो। तृणमूल कार्यकर्ता तथा समर्थकहरू लगायत इलाकावासीहरूले उक्त घटनाको तीव्र निन्दा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *