तृणमूल प्रार्थी रञ्जन शील शर्माले सिलगढीको 36 नम्बर वार्डमा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउलाई केन्द्र गरेर सबै राजनैतिक पार्टीहरूले आ-आफ्नो चुनाउ प्रचार जोडतोडले शुरू गरेको छ। विशेष गरेर मतदाताहरूलाई आफ्नो पार्टीतर्फ आकर्षित पार्ने विभिन्न राजैनैतिक दलका प्रार्थीहरूमाझ प्रतिस्पर्धा चलिरहेको छ। यसैबीच कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर राज्य चुनाउ आयोगले केही निर्देश जारी गरेको छ। राज्य चुनाउ आयोगको निर्देशलाई पर्वाह नगरी तृणमूल कङ्ग्रेस प्रार्थी रञ्जन शील शर्माले आज सिलगढीको 36 नम्बर वार्डको घर-घर गएर चुनाउ प्रचार गरे। स्मरण रहोस्, राज्य चुनाउ आयोगले जारी गरेको दिशा निर्देशअनुसार चुनाउ प्रचार अवधि रोड शो अथवा पदयात्रा निकाल्न निषेध, वाहन तथा बाइक र्‍याली निकाल्न नपाउने, उम्मेद्वार लगायत पाँचजना भन्दा अधिक मानिसहरूलाई साथमा लिएर घर-घर गएर चुनाउ प्रचार गर्न पाउने छैन। उक्त गाइडलाइनको अवहेलना गर्दै आज तृणमूल प्रार्थी रञ्जन शील शर्माले चुनाउ प्रचार शुरू गरे भने यस अवधि केही कार्यकर्ताहरूले मास्क नलगाई चुनाउ प्रचार गरिरहेको देखियो। यस सम्बन्ध रञ्जन शील शर्माले आफू आज बिहानदेखि चुनाउ प्रचारमा निस्केको साथै चुनाउ प्रचार अवधि आफूले मानिसहरूबाट राम्रो प्रतिक्रिया पाएको बताए। बाटो साँघुरो भएकोले केही उत्साही मानिसहरू चुनाउ प्रचार अवधि घरबाट निस्केर आफूहरूको साथमा आएको साथै सबैले मास्क लगाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *