तृणमूल प्रार्थी उद्‌यन गुहको समर्थनमा दिनहाटामा अभिषेक बन्दोपाध्यायको जनसभा

कुचबिहार : दिनहाटा विधानसभा उपचुनाउका तृणमूल प्रार्थी उद्यन गुहको समर्थनमा तृणमूल कङ्ग्रेसका अखिल भारतीय महासचिव तथा सांसद अभिषेक बन्दोपाध्यायले आज दिनहाटामा एउटा जनसभा गरे। दिनहाटाको संहति मैदानमा आयोजित उक्त जनसभालाई सम्बोधन गर्दै तिनले भाजपाको खोइरो खने। यसको साथै तिनले तृणमूल प्रार्थी उद्यन गुहलाई मतदान गर्ने सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *