तृणमूल पूर्व अध्यक्ष विष्णुव्रत बर्मनलाई दिए अन्तिम विदाई

कुचबिहार : कुचबिहार जिल्ला क्रीड़ा संस्थाका महासचिव तथा युवा तृणमूल कांग्रेसका पूर्व अध्यक्ष विष्णुव्रत बर्मनलाई कुचबिहारका मानिसहरूले अन्तिम विदाई दिए। हिजो कोलकाताको एउटा निजी अस्पतालमा तिनका निधन भएको थियो। तिनको पार्थिव शरीर आज बिहान कोलकाताबाट कुचबिहारको देवीबाड़ीस्थित घरमा ल्याइयो। यसपछि तिनको पार्थिव शरीर देवीबाड़ी एथलेटिक क्लब अघि लगेपछि विभिन्न राजनीतिक, सामाजिक तथा क्रीड़ा जगतका मानिसहरूले तिनलाई अन्तिम श्रद्धाञ्जलि दिए। एथलेटिक क्लबबाट विष्णुव्रत बर्मनको पार्थिव शरीर कुचबिहार स्टेडियममा लगियो, जहाँ कुचबिहार जिल्ला क्रीड़ा संस्थाद्वारा फुलमाला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोष, मन्त्री विनय कृष्ण बर्मन, विधायक मिहिर गोस्वामी, अलिपुरद्वारका विधायक सौरव चक्रवर्ती लगायत क्रीड़ा जगतका प्रमुख व्यक्तिहरू तिनलाई अन्तिम श्रद्धाञ्जलि दिनको लागि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *