तृणमूल समर्थकहरूद्वारा सिलगढीको सड़कमा टायर जलाएर विरोध प्रदर्शन

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीमाथि नन्दीग्राममा भएको हमलाको प्रतिवाद जनाउँदै राज्यभरिमै तृणमूल कङ्ग्रेसले विरोध प्रदर्शन गरिरहेको छ। यसै क्रममा आज सिलगढी जङ्क्शन ट्राफिक पोइन्ट नजिक तीन नम्बर वार्ड तृणमूल कङ्ग्रेस कमिटीको तर्फबाट सडकमा टायर जलाएर विरोध प्रदर्शन गरियो। यस अवधि तृणमूल समर्थकहरूले ममता ब्यानर्जीको शीघ्र सुस्वास्थ्यको कामना पनि गरे। तीन नम्बर वार्ड तृणमूल कङ्ग्रेस नेता सन्तोष साहले बताएअनुसार भाजपाका केही दुष्कृतिहरूले योजनाबद्ध रूपमा ममता ब्यानर्जीलाई धक्का दिँदा तिनी घाइते भएकी छन् भने हाल तिनको कोलकाताको अस्पतालमा उपचार चलिरहेको छ। ममताको शीघ्र सुस्वास्थको कामना गर्नको साथै नन्दीग्राम घटनाको प्रतिवाद जनाउँदै विरोध प्रदर्शन गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *