तृणमूल समर्थित चिया श्रमिक संगठनको सभा

नगरकट्टा: तृणमूल समर्थित चिया श्रमिक संगठन तराईद्वारा प्लान्टेशन वर्कर्स युनियनको सभा आज नागरकट्टा आदिवासी चर्चा केन्द्रमा सम्पन्न भयो। उक्त सभामा डुवर्सका विभिन्न चिया कमानहरूबाट श्रमिक नेता साथै समर्थकहरू उपस्थित थिए। सभामा राज्य सरकारद्वारा चिया श्रमिकहरूलाई ध्यानमा राखेर ल्याइएको चिया सुन्दरी, जय जोहार प्रकल्पलाई द्रुत गतिले चिया कमानहरूमा प्रचार-प्रसार गरिने साथै भाजपा सरकारले ल्याएको एनपीआर, एनआरसी र सीएए विरुद्धमा प्रचार प्रसार गरिने निर्णय लिएको बताइएको छ।


सभामा संगठनका केन्द्रीय सभापति नौकरी सोनार, सचिव तपन दे, जलपाइगढ़ी जिल्ला परिषद एवं श्रमिक नेता अमरनाथ झा, संगठनका केन्द्रीय नेता मनोज कार्कीडोली, बादल दास गुप्ता, हराधन दास, अशोक मित्र, कृष्णा मिन्ज लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *