तृणमूल श्रमिक नेताले दिए माकपाको कृषक सम्मेलनको लागि चन्दा

जलपाईगढ़ी: जलपाईगढ़ी जिल्ला परिषदका उपाध्यक्ष तथा तृणमूल कांग्रेसका किसान खेत मजदुर संगठनका जिल्ला अध्यक्ष दुलाल देवनाथले माकपाको कृषक सभा जिल्ला सम्मेलनको लागि आफ्नो वेतनबाट आठ हजार रूपियाँ दिए। माकपाको जलपाईगढ़ी जिल्ला सविच मण्डली सदस्य तथा पूर्व सांसद जीतेन दास चन्दा सङ्ग्रह गर्नको लागि हिजो जलपाईगढ़ी जिल्ला परिषदमा आएका थिए। यस अवसरमा दुलाल देवनाथले पूर्व सांसद दासलाई बोलाएर आफ्नो वेतनबाट आठ हजार चन्दा दिए। यसको साथै तिनले सम्मेलनको लागि दुई क्विन्टल चामल दिने पनि वचन दिए। माकपाका वरिष्ठ नेता जीतेन दासले बताए अनुसार धेरै समयपछि तिनी जिल्ला परिषदमा गएका थिए। अर्कोतिर, दुलाल देवनाथले जीतेन दास यस क्षेत्रका एकजना पुरानो नेता रहेको साथै तिनलाई सहयोग गर्न पाएकोमा आफु धेरै खुशी भएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom