तृणमूल श्रमिक संगठनद्वारा आईओसी प्रबन्धनलाई ज्ञापन

सिलगढी : न्यु जलपाईगढी ट्रक ओनर्स एसोसिएसनको 6 वटा श्रमिक संगठनका ट्रक चालकहरूले धेरै दिन अघिदेखि भत्ता वृद्धिको माग गर्दै आईओसीबाट तेलको आपूर्ति बन्द गरिदिएको थियो। यसैबीच अन्य संगठनका ट्रकहरूले पुरानो टेन्डरमा तेलको आपूर्ति शुरू गरेकोले तृणमूल श्रमिक संगठन विपदमा परेको छ। यसपछि आज संगठनका सदस्यहरूले पुरानो मूल्यमा तेलको आपूर्ति गर्ने अनुरोध गर्दै आईओसी कार्यालयमा एउटा ज्ञापन पत्र चढाए। सम्बन्धित विभागका उच्च अधिकारीहरूको निर्देशअनुसार समस्याको समाधान गरिने आईओसी अधिकारीहरूले आश्वासन दिएका छन्। संगठनका विकास सरकारले बताएअनुसार भत्ता वृद्धिको मागलाई लिएर धेरै दिन अघिदेखि ट्रक चालकहरू समस्यामा थिए। आफ्नो संगठनको लगभग 60 वटा वाहनलाई टर्मिनसमा प्रवेश गर्ने अनुमति नदिएकोले गर्दा आज आईओसी कर्तृपक्षलाई एउटा ज्ञापन पत्र चढाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *