तृणमूल उम्मेदवार गोपाल लामाद्वारा बाघडुग्रा इलाकामा चुनाउ प्रचार

बाघडुग्रा (निसं): दार्जिलिङ लोकसभा सीटबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाले हाल पहाड- समतल क्षेत्रका विभिन्न ठाउँमा पुगेर चुनाउ प्रचार कार्य जोडतोडले गरिरहेका छन्। यसै क्रममा आज सर्वप्रथम तिनले बाघडुग्राको आनन्दमयी काली मन्दिरमा पूजा-अर्चना गरेपछि चुनाउ प्रचार अभियान शुरू गरे। लोअर बाघडुग्रा अञ्चलमा आज तृणमूल काङ्ग्रेसको तर्फबाट आफ्नो पार्टीका उम्मेदवारको साथमा चुनाउ प्रचार कार्यक्रम रहेको थियो। यस अवधि दार्जिलिङ जिल्ला तृणमूल काङ्ग्रेसका सभानेत्री पापिया घोष लगायत अन्य नेताहरू उपस्थित थिए। प्रार्थी गोपाल लामाले यहाँको आनन्दमयी काली मन्दिरमा पूजा-अर्चना गरेपछि नतुनपाड़ा, भुजियापानी, गोसाईपुर, रेलबस्ती अनि बीपी रोड इलाकाको प्रत्येक घर-घरमा पुगेर मानिसहरूसित कुराकानी गर्नका साथै आफ्नो पक्षमा मतदान गर्ने अनुरोध गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *