तृणमूल उम्मेद्वार साथी दासले लोग्नेको साथमा गरिन् सिलगढीको 30 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढीको 30 नम्बर वार्डका तृणमूल कङ्ग्रेस प्रार्थी साथी दासले आज आफ्नो लोग्नेलाई साथमा लिएर चुनाउ प्रचार गरिन्। साथी दासको लोग्ने स्वपन दास दुईपल्ट तृणमूल पार्षद रहिसकेका छन् भने उक्त वार्डमा तिनी  निक्कै चर्चित छन्। तथापि,  आउँदो नगरनिगम चुनाउमा पूर्व पार्षदको स्वास्नी साथी दासले तृणमूल प्रार्थीको रूपमा चुनाउ लड्ने भएकी छन्। साथी दास राजनीतिदेखि टाढा रहे तापनि पार्टीले तिनलाई यसपल्टको नगरनिगम चुनाउमा टिकट दिएकोले आफ्नो लोग्नेलाई साथमा लिएर तिनले आजदेखि चुनाउ प्रचार शुरू गरेकी छन्। चुनाउ आयोगको दिशा-निर्देश पालन गर्दै तिनले आज 30 नम्बर वार्डको घर-घरमा गएर चुनाउ प्रचार गरिन्। प्रचार अवधि स्थानीय मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेकोले गर्दा तिनले चुनाउमा जीत हासिल गर्ने आशा व्यक्त गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *