तृणमूल युवा कङ्ग्रेसद्वारा खोरीबारी ग्रामीण अस्पतालका बीएमओएच-लाई ज्ञापन

खोरीबारी : खोरीबारी ब्लक अन्तर्गत बतासी स्वास्थ्य केन्द्रको जमीन अतिक्रमण गरेको आरोप लगाउँदै खोरीबारी प्रखण्ड तृणमूल युवा कङ्ग्रेसको तर्फबाट खोरीबारी ग्रामीण अस्पतालका बीएमओएचसित भेट गरेर एउटा ज्ञापन चढाइयो। यस अवसरमा तृणमूल युवा कङ्ग्रेसका प्रखण्ड अध्यक्ष किशोरी मोहन सिंह, छात्र परिषद प्रखण्ड चेयरम्यान अरिजीत देवनाथ, तृणमूल कङ्ग्रेस प्रखणड सचिव परिमल सिन्हा, रानीगञ्ज अञ्चल 1 अध्यक्ष डीगेन सिंह, अञ्चल 2 अध्यक्ष शिवानन्द पण्डित लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। तृणमूल युवा कङ्ग्रेसका प्रखण्ड अध्यक्ष किशोरी मोहन सिंहले बतासी ग्रामीण अस्पतालको जमीन स्थानीय व्यक्तिद्वारा दखल गरेको आरोप लगाउँदै उक्त जमीनलाई दखलमुक्त गर्नको लागि खोरीबारी ग्रामीण अस्पतालका बीएमओएचलाई भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *