तृणमूल युवा कङ्ग्रेस खोरीबारी अञ्चलद्वारा कर्मी सम्मेलनको आयोजना

खोरीबारी : तृणमूल युवा कङ्ग्रेस खोरीबारी अञ्चलको तर्फबाट अधिकारी कृष्णकान्त हाई स्कुलमा कर्मी सम्मेलनको आयोजना गरियो। उक्त सम्मेलनमा तृणमूल पार्टीलाई अज बलियो बनाउने लगायत विभिन्न मुद्दाहरूबारे विचार विमर्श गरियो। यस अवसरमा तृणमूल युवा कङ्ग्रेस प्रखण्ड अब्जर्भर सुरजीत दास, खोरीबारी प्रखण्ड अध्यक्ष किशोरी मोहन सिंह, अञ्चल युवा अध्यक्ष प्रदीप मण्डल, एससी एसटी प्रखण्ड अध्यक्ष परिमल सिन्हा, तृणमूल अञ्चल अध्यक्ष उपासू सिंह, तृणमूल छात्र परिषद प्रखण्ड चेयरम्यान अरिजीत देवनाथ लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। सम्मेलनमा कार्यकर्ताहरूलाई पार्टीलाई अझ बलियो बनाउन आवश्यक कदम उठाउने अपील पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *