त्रिपक्षीय वार्ता विषयमा गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीको साङ्गठनिक सभा

दार्जिलिङ: पहाडको वर्तमान राजनैतिक परिवेशलाई मध्यनजर गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले दार्जिलिङ, खरसाङ, कालेबुङ र मिरिकमा आफ्नो साङ्गठनिक विस्तारलाई तीव्र पारेको छ। यसैक्रममा आज गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय दार्जिलिङमा सम्पन्न भयो। दार्जिलिङ ब्राञ्च कमिटी उपाध्यक्ष गाइस सुब्बाको अध्यक्षतामा सम्पन्न सभालाई महासचिव सन्दिप लिम्बूले सञ्चालन गरेका थिए। दार्जिलिङ ब्राञ्चको चौध वटा समष्टिका अध्यक्ष अनि सचिवहरूको उपस्थितिमा बसेको सभामा केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ, केन्द्रीय समिति कार्यालय प्रवक्ता वाई लामा, केन्द्रीय समिति कोषाध्यक्ष अनिल गुप्ता आदि प्रमुख रूपमा उपस्थित थिए। सभामा आगामी दिनमा दार्जिलिङ ब्राञ्च कमिटीले आयोजना गर्ने राजनैतिक गतिविधि माथि व्यापक चर्चा- परिचर्चा गरेको बताइएको छ। यसै क्रममा ब्राञ्च अध्यक्ष एमजी सुब्बाले आफ्नो सम्बोधनमा आगामी 12 अक्टोबर 2021 को दिन गृहमन्त्री अमित शाहको अध्यक्षतामा हुने त्रिपक्षीय वार्ता कुनै खेलाइँची नरहेको साथै यसलाई हल्का रुपमा लिनु नहुने बताए। तिनले अझ भने, गोर्खाहरुको अस्तित्व अनि भाग्य निर्माणको प्रश्न छ। हामी जाग्नु पर्छ पार्टीले डाकेको राजनैतिक कार्यक्रममा व्यापक सहभागिता जनाउनु पर्छ। हामी मुद्दाको पछि छौं, मुद्दा फत्ते नभएसम्म पछि हट्नु हुँदैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *