त्रिपक्षीय वार्तालाई लिएर गोजमुमो-द्वारा डुवर्सको विभिन्न ठाउँमा पोस्टरिङ

डुवर्स : नयाँ दिल्लीमा आज अपरान्ह सम्पन्न हुने त्रिपक्षीय बैठकमा यसपल्ट डुवर्सलाई धोका नहोस् भन्दै डुवर्सको विभिन्न ठाउँहरूमा गोर्खा जनमुक्ति मोर्चाले आज पोस्टरिङ गरेको छ। पोस्टरमा उल्लेख गरे अनुसार 1986-मा पनि डुवर्सलाई धोका भएको थियो भने 2021-मा पनि धोका नै भयो।


तर आज नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्रीको अध्यक्षतामा हुने भनिएको वार्तामा स्थायी राजनैतिक समाधानको कुरा हुनुपर्छ अथवा भविष्यमा गएर कुनै पनि व्यवस्था हुन्छ भने त्यसमा तराई-डुवर्सलाई अन्तर्भुक्त गरेको हुनुपर्छ भन्दै डुवर्सको विभिन्न ठाउँहरूमा आज बिहानैदेखि गोजमुमोको समर्थकहरूले पोस्टर टाँसेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *