त्रिफला लाइट भ्रष्टाचारलाई लिएर सिलगढीमा भाजपाको अनौठो विरोध प्रदर्शन

सिलगढी (निसं): सिलगढीमा आज विधायक शंकर घोषले भाजपा 3 नम्बर मण्डलको तर्फबाट त्रिफला लाइट भ्रष्टाचारलाई लिएर विरोध प्रदर्शन गरे। भाजपाले आज अनौठो प्रकारले यसको विरोध जनाउँदै प्रदर्शन गऱ्यो। विधायक शंकर घोषले आज सिलगढीको विधान मार्केटस्थित धेरै समय अघिदेखि बन्द रहेको त्रिफला लाइट पोललाई माला लगाइदिएर दीप जलाएपछि विरोध प्रदर्शन गरे। यस अवधि विधायक शंकर घोषले त्रिफला लाइटको नाममा 200 करोड़ रूपियाँ घोटाला भएको आरोप लगाउँदै त्यस समयको एसजेडीए सीईओ किरण कुमार गोदालालाई पुलिस कमिश्नर जयरमनले पक्राउ गरेको अनि यसपछि राज्य सरकारले तिनै पुलिस कमिश्नर जयरमनलाई यहाँबाट हटाइ दिएको बताए।


त्रिफला लाइटको नाममा घोटाला भएकोले गर्दा नै सिलगढी सहरमा लगाइएको त्रिफला लाइट बन्द अवस्थामा रहेको छ भनि तिनले बताए। दिनहुँ सिलगढी सहर सुन्दर हुनको बद्ली कुरूप बन्दै गइरहेको विधायक शंकर घोषले आरोप लगाउँदै राज्य सरकार र नगर निगमप्रति कटाक्ष कस्दै भने, चुनाउको समय मानिसहरूलाई डबल इञ्जिनको सरकारले विकास गर्छ भन्दै ढोल पिट्यो तर अहिले डबल इञ्जिन सरकारको पेट्रोल समाप्त भएको छ। यसैले अहिले कुनै पनि कैम भएको छैन। केन्द्रीय परियोजना वाहेक अन्य कुनै पनि प्रकल्पको काम नभएको विधायक घोषले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *